आइतबार, कार्तिक ९ गते २०८३

राष्ट्रिय सहकारी बैंकद्वारा निक्षेप तथा कर्जामा ब्याजदर परिवर्तन

बैशाख ८, २०८० शुक्रबार
राष्ट्रिय सहकारी बैंकद्वारा निक्षेप तथा कर्जामा ब्याजदर परिवर्तन

 

राष्ट्रिय सहकारी बैंकले बैशाख ८ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।

बैंकले बचततर्फ न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम ११.७५ प्रतिशत ब्याजदर तोकेको छ । जसमा साधारण बचत खातामा ४.२५ प्रतिशतदेखि ४.५० प्रतिशत, विशेष बचतमा ४.७५ प्रतिशत, सुपर बचतमा ४.७५ प्रतिशतदेखि ५.२५ प्रतिशत तोकिएको छ ।


यस्तै, एनसिसिएल समुन्नत बचच खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ५.७५ प्रतिशत, एनसिसिएल प्रिमियम बचतमा ५.२५ देखि ५.५० प्रतिशत, अनिवार्य बचतमा १० प्रतिशत र क्रमिक बचतमा ९.७५ देखि १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ ।

यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम १०.७५ प्रतिशतदेखि अधिकतम ११.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

कर्जा तर्फ भने विभिन्न शिर्षकमा न्यूनतम १०.५० प्रतिशतदेखि अधिकतम १३.७५ प्रतिशतसम्म ब्याजदर तय गरिएको छ ।