शनिबार, आश्विन १७ गते २०८३

बढ्याे खराब कर्जा : अधिकतम ४.३५, न्यूनतम ०.७० प्रतिशत

बैशाख ७, २०८० बिहीबार
बढ्याे खराब कर्जा : अधिकतम ४.३५, न्यूनतम ०.७० प्रतिशत

 

आर्थिक मन्दी र तरलता अभावले गर्दा मारमा परेका बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जामा समेत वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९।०८० को चैत मसान्त सम्मको वित्तीय विवरणले वाणिज्य बैंकहरूको खराब कर्जामा उच्च वृद्धि देखिएको हो ।

चैत महिनाको अन्त्यमा बैंकहरूको खराब कर्जा औसत ३.०५ प्रतिशत माथि रहेकाे छ । गत वर्ष यस्ताे खराब कर्जा १.२७ प्रतिशतमा मात्र रहेको थियो ।

 
वित्तीय विवरण अनुसार एक प्रतिशतभन्दा कम खराब कर्जा हुने बैंक ३ वटा रहेका छन् । एभरेष्ट बैंकको ०.७, एनआईसी एशियाको ०.८५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ०.९ प्रतिशत पुगेको छ । 

त्यसैगरी उच्च खराब कर्जा हुने बैंकहरूमा नेपाल इन्भेष्टमेण्ट मेगा ४.३५ प्रतिशत, नेपाल बैंक ४.१६ प्रतिशत र सिद्धार्थ बैंक ४.१६ प्रतिशत रहेका छन् । 

त्यसैगरी ग्लोबल आइएमइ बैंकको खराब कर्जा ३.९८ प्रतिशत, कुमारी बैंकको ३.९७ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकको ३.८८ प्रतिशत सनराइज बैंकको ३.६२ प्रतिशत, प्रभु बैंकको ३.४८ प्रतिशत रहेको छ । 

अन्य बैंकहरूको पनि १ देखि ३ प्रतिशत माथि खराब कर्जा रहेको देखिन्छ । अघिल्लो वर्षको सोही अविधको तुलनामा सबै बैंकहरूको खराब कर्जा प्रतिशत बढेको हा । 

वित्तीय विवरणले बैंकहरूले कर्जा लगानी उठाउन नसकेको देखाउँछ । खराब कर्जाको दरलाई केलाउँदा असार मसान्तसम्म यो पाँच प्रतिशतसम्म पुग्ने देखिन्छ ।