चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले चैत्र महिनासम्मको वितीय विवरण प्रकाशित गरेको छ । संस्थाले सहकारी विभागले जारी गरेको निर्देशन अनुसार चालु आर्थिक बर्षको ९ महिनासम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको हो ।
संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार शेयर पुँजी ११ करोड ३ लाख ८२ हजार,जगेडा कोष ११ करोड ३९ लाख ८८ हजार र कुल सम्पत्ति १ अर्ब २२ करोड ८८ लाख रहेको छ । त्यसैगरी संस्थाको बचत संकलन ९१ करोड ८४ लाख २३ हजार, ऋण लगानी १ अर्ब ५३ लाख र संस्थागत पुँजी ११ करोड ६४ लाख रहेको छ ।
विभिन्न कोषमा ९४ लाख ७ हजार रहेको संस्थामा ८ हजार ७४३ सदस्य रहेका छन् । जस मध्ये ८८२ जना सदस्यले संस्थाबाट ऋण लिएका छन् । संस्थामा १७ करोड ५६ लाख ८३ हजार अर्थात १९.१३ प्रतिशत तरलता रहको प्रमुख कार्यकारी अधिकृत झलेन्द्र प्रसाद दाहालले बताए ।
गत महिनाको तुलनामा संस्थाको कुल सम्पतीमा १ करोड ५० लाखले वृद्धि भएको उनले बताए । त्यसैगरी चैत्र मसान्तमा आईपुग्दा संस्थाको भाका नाघेको ऋण समेत घटेको र ऋणको सावाँ व्याज असुलीमा वृद्धि भएको उनले जानकारी दिए । संस्थाप्रति सदस्यको विश्वास कायम रहेको भन्दै उनले सदस्यले निरन्तर कारोवार गर्दै आएको उनले जनाए ।