शनिबार, आश्विन १७ गते २०८३

महालक्ष्मी विकास बैंकद्वारा जारी १० लाख कित्ता ऋणपत्र पुरै बिक्री

बैशाख ६, २०८० बुधबार
महालक्ष्मी विकास बैंकद्वारा जारी १० लाख कित्ता ऋणपत्र पुरै बिक्री

 
महालक्ष्मी विकास बैंकले २०७९ साल चैत्र २९ गतेबाट निष्काशन खुल्ला गरेको “११% महालक्ष्मी डिवेन्चर –२०८९” तोकिएको समय बैशाख ४, २०८० भित्रै पूर्ण रुपमा बिक्री भएको छ ।

दश बर्ष अवधि तथा वार्षिक व्याजदर एघार प्रतिशत भएको “११% महालक्ष्मी डिवेन्चर –२०७९” प्रति ऋणपत्र एक हजार रुपैँया अंकित मुल्यका दश लाख कित्ताले हुन आउने जम्मा रकम रु. एक अर्ब रुपैंया बराबरको क्रृणपत्रमध्ये साठी प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालिस प्रतिशत रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निष्काशनबाट बिक्रीका लागि खुल्ला गरिएको थियो ।

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरीदका लागि छिटोमा बैशाख ४ गते र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । यस बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात बैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको हो । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एन आई सी एशिया क्यापिटल लिमिटेडलाई रहेको छ । 

समय अवधि अगावै पूर्ण रुपमा बिक्री भएकोमा बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लागानिकर्ताहरुलाई हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नुका साथै ऋणपत्र प्रतिको आकर्षण र बैंकप्रतिको विश्वासका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले कृतज्ञता व्यक्त गरेका छन् । 

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गरेको बैंकले विगत २८ वर्ष देखि गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ भने । बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।