शनिबार, आश्विन १७ गते २०८३

शाखा कार्यालय गाभ्दै प्रभु बैंक

बैशाख ५, २०८० मंगलबार
शाखा कार्यालय गाभ्दै प्रभु बैंक

प्रभु बैंकका नजिकै रहेका शाखा कार्यालयहरु गाभिने भएका छन् । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर भएको ३ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् ।

प्रभु बैंक र साविक सेञ्चुरी बैंकबीच गत पुस २६ गते एकीकृत कारोबार भएको थियो । एउटै स्थानमा नजिक रहेका ५१ वटा शाखा कार्यालय गाभिएर कायम रहेको शाखाबाट कारोबार सुरु हुने बैंकले जनाएको छ ।

बैंकले एक सूचना जारी गर्दै ५१ वटा शाखा कार्यालय एक आपसमा गाभिएर बैशाख १० गतेदखि गाभिएको शाखाबाट सेवा सञ्चालन हुने बताइएको छ । बैंकका अनुसार साविक सेञ्चुरी बैंकका ४१ वटा शाखा कार्यालय र प्रभु बैंकका १० वटा गरी ५१ वटा शाखा कार्यालय गाभिएका हुन् ।

प्रभु बैंक र साविक सेञ्चुरी बैंक बैंक एक आपसमा मर्ज भई प्रभु बैंकको नामबाट एकीकृत कारोबार भएको हो ।