शनिबार, आश्विन १७ गते २०८३

प्रोग्रेसिभ फाइनान्सको क्यूआर टेलर शुरु

बैशाख ४, २०८० सोमबार
प्रोग्रेसिभ फाइनान्सको क्यूआर टेलर शुरु


प्रोग्रेसिभ फाइनान्सले क्यूआर भुक्तानी सेवा शुरु गरेको छ । यो सेवाको शुरुवातले ग्राहकहरुलाई ससानो रकम झिक्न सहज हुने, चेक काट्नु वा डेबिट कार्डको प्रयोग गर्नुपर्ने झञ्झटबाट मुक्त बनाउने अपेक्षा कम्पनीको छ । 

फाइनान्सबाट मोबाइल बैंकिङ सुविधा सुचारु रहेका ग्राहकले कुनै पनि शाखा वा विस्तारित काउन्टरमा गइ क्युआर स्क्यान गरेर तत्काल नगद रकम प्राप्त गर्न सक्नेछन् । यसको भुक्तानी सीमा भने मोबाइल बैंकिङको सीमामा रहेने फाइनान्सले जनाएको छ । 

निमित्त प्रमुख कार्यकारी प्रमोद भट्टराईले सेवा सुचारु गर्दै नयाँ वर्षको शुरुवातसँगै नयाँ सेवा प्रवाह गरेको जानकारी दिए ।