शनिबार, आश्विन १७ गते २०८३

सिटिजन्स बैंकद्वारा नगद सहयाेग तथा छात्रवृत्ति वितरण

बैशाख ४, २०८० सोमबार
सिटिजन्स बैंकद्वारा नगद सहयाेग तथा छात्रवृत्ति वितरण

सिटिजन्स बैंक इन्टरनेसनलले विभिन्न संस्थालाइ आर्थिक सहयोग गरेकाे छ । बैंकले आफ्नो सोह्रौं बार्षिक उत्सव मनाउने क्रममा  सामािजक संस्था तथा विद्यालयहरूलाई सहयोग गरेको हो । 

बैंकले बेबी लाईफ होमलाई सहयोग स्वरुप रूस् दुई लाखको चेक हस्तान्तरण गरेको छ ।  एक समारोहका बीच बैंकले संस्थाका संचालक राज कुमार पुनलाई चेक हस्तान्तरण गरेको हाे । उक्त बेबी लाईफ होममा रहेका २७ जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक राज कुमार पुनले जानकारी दिए ।

त्यसैगरि बैंकले कर्णाली क्षेत्र पर्यटन तथा साँस्कृतिक आरक्षण केन्द्र मार्फत चन्दननाथ माविमा ३ वर्ष वन विज्ञान डिप्लोमा तह र मदन भण्डारी कृषि प्राविधिक विद्यालयमा वनस्पति विज्ञानमा तीन वर्षको डिप्लोमा कार्यक्रममा अध्ययनरत २ जना विद्यार्थीहरूलाई एक लाख रुपैयाँ बराबर छात्रवृत्ति प्रदान गरेको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउने गरेकाे छ । 

सिटिजन्सले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।