नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्। सोही पदका प्रत्याशी उमेशलाल श्रेष्ठले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएसँगै अन्जन निर्विरोध महासंघको वरिष्ठ उपाध्यक्ष चुनिएका हुन्।
पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भएको थियो । तर प्रत्याशी उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच सहमति भएकाे हाे ।
यसअघि वस्तुगत उपाध्यक्ष रहेका अञ्जन लक्ष्मी ग्रुपका निर्देशक हुन्। उनको विभिन्न उत्पादनमूलक उद्योग र व्यापारिक क्षेत्रमा लगानी रहेको छ।