शनिबार, आश्विन १७ गते २०८३

परोपकार साकोसको स्थापना दिवसमा खाद्यान्न सामग्री हस्तान्तरण

श्रावण २९, २०७८ शुक्रबार
परोपकार साकोसको स्थापना दिवसमा खाद्यान्न सामग्री हस्तान्तरण

 

दोलखाको सदरमुकाम चरिकोटमा रहको परोपकार महिला साकोस स्थापनाको दशौं वर्ष पूरा भई  ११ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापना दिवसको अवसरमा भीमेश्वर न.पा. ६ स्थित आमाको माया छात्राबासमा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । संस्थाले हरेक वर्ष स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम गर्दै आएको जनाएको छ । 

संस्थालाई अहिलेको अवस्थासम्म ल्याउन मूख्य भूमिका निर्वाह गर्ने संस्थाका शेयर सदस्य, बाल बचतकर्ता, संस्थामा कार्यरत कर्मचारी, सञ्चालक समिति, विभिन्न उपसमिति र शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गरेको छ । 

यस अवधिसम्म आइपुग्दा संस्थामा १७५६ जना शेयर सदस्य र ३६१ जना बाल बचतकर्ता आवद्व रहेका छन् भने संस्थाको २०७८ असार मसान्तसम्म कूल पूँजी  १२ करोड ३४ लाख बाईस हजार पुगेको छ । 

संस्थाले यस अवधिमा सदस्यहरूलाई बचत ऋणको अलावा विभिन्न  सीपमूलक तालिम सञ्चालनका साथै समुदायलक्षित सामाजिक गतिविधि गर्दै आएको छ । संस्थाले नेफ्स्कुनबाट सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा सम्झौता गरि ब्राण्ड प्राप्त गर्न आफ्ना सूचकहरूलाई पूरा गराउँदै लाने प्रयास गरिरहेको जनाएको छ । 

amako mayaa.jpg