शनिबार, आश्विन १७ गते २०८३

विदेशी विनिमय सञ्चिति १४ खर्ब माथी, ११ महिनाको वस्तु आयात धान्ने

चैत्र २८, २०७९ मंगलबार
विदेशी विनिमय सञ्चिति १४ खर्ब माथी, ११ महिनाको वस्तु आयात धान्ने

चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म विदेशी मुद्राको सञ्चिति बढेर १४ खर्बमाथि पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्टका अनुसार गत असार मसान्तको तुलनामा विदेशी मुद्राको सञ्चिति १५.२ प्रतिशतले बढेर १४ खर्ब १ अर्ब २१ करोड पुगेको हो। २०७९ असार मसान्तमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो।

बैंकका अनुसार उक्त मात्राको विनिमय सञ्चितिले अहिलेकै परिणाममा १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्नेछ ।