आइतबार, कार्तिक ९ गते २०८३

पोखरा रोयल साकोसले प्रयोगमा ल्यायो प्रिमियम कोर बैकिङ सफ्टवेयरको वेभ बेस्ड सफ्टवयर

चैत्र २५, २०७९ शनिबार
पोखरा रोयल साकोसले प्रयोगमा ल्यायो प्रिमियम कोर बैकिङ सफ्टवेयरको वेभ बेस्ड सफ्टवयर

 पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले वेभ बेस्ड प्रविधियुक्त प्रिमियम कोर बैकिङ सफ्टवेयर प्रयोग गरेको छ । संस्थाले विगत २२ वर्षदेखि प्रयोग गर्दै आईरहेको सफ्टवयरमा भएको सबै डाटाहरु नयाँ सफ्टवेयरमा स्थानान्तरण गरिएकोले सदस्यहरुको विवरण जस्ताको त्यस्तै प्राप्त गर्न सक्ने प्रिमियम कोर बैकिङ सफ्टवेयरले जनाएको छ ।

सदस्यहरुलाई गुणस्तरिय डिजिटल सेवा प्रवाह गर्न सफ्टवेयर परिवर्तन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले जानकारी दिए । सहकारी संस्थाको हाल कास्की, स्याङ्गजा, तनहुँ, लमजुङ्ग र पर्वत गरि ५ जिल्ला कार्यक्षेत्र, ४ वटा कार्यालय, ८ हजार ७८६ जना सदस्य, २१ करोड शेयर पुँजि, १६ करोड संस्थागत पुँजि, १ अर्ब ६६ करोड बचत, १ अर्ब ७८ करोड ऋण लगानी र १४ करोड अन्य कोषहरु रहेको छ भने हाल संस्थाको कुल वासलात २ अरव २८ करोड रहेको जनाइएको छ । 

प्रिमियम कोर बैकिङ सफ्टवेयर आईएसओ ९००१ः२०१५ प्रमाणित सहकारी सफ्टवेयर रहेको कम्पनीका सिइओ मोहन बनले जनाए । वेब बेस्ड प्रविधियुक्त कोर बैकिङ सिस्टम पछिल्लो समय सहकारीमा लोकप्रिय बन्दै गएको उनको भनाई छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त यस सफ्टवेयर प्रिमियम टेक्नोलोजी प्रालिले निर्माण गरेको हो । हाल देशभरका ३ सयभन्दा बढी सहकारी संघसंस्थाले यो सफ्टवेयर प्रयोग गर्दै आएको जनाइएको छ ।

कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फारम अपडेट गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ । कम्पनीले सफ्टवेरमा दिएको फिचर, सेक्युरिटी लगायतले प्रिमियम सबैको रोजाईमा पर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बनले बताए । प्रिमियम सफ्टवेयर प्रयोग गर्न चाहने सहकारी संस्थाले पुरानो सम्पूर्ण डाटा जस्ताको तस्तै सार्न सकिने उनले बताएका छन् ।