बागतमी प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले सहकारी संघ संस्थाको आन्तरिक परिक्षण व्यवथित गर्ने उदेश्यले तालिमको आयोजना गरेको छ । सोही अनुरुप फोस्कूनले विकास गरेको आन्तरिक परीक्षक तालिमको पहिलो ब्याचको तालिम हिजो सम्पन्न भएको छ ।
स्वयंम सहकारी संघरसंस्थाले आन्तरिक परीक्षकको व्यवस्था गरी व्यवस्थित र सुरक्षित सहकारी सञ्चालन गराउने उद्देश्यले संघले तालिम कार्यक्रमको विकास गरेको हो । सहकारीमा आन्तरिक सुशासन प्रर्वद्धन र आन्तरिक नियन्त्रण विधिको प्रभावकारीता वृद्धि गरी सदस्य, सरोकारवाला निकाय र नियामक निकायहरुलाई विश्वास योग्य वातावरण समेत निमार्ण हुने उद्देश्य संघले लिएको छ।
तालिम कार्यक्रममा बागमती प्रोस्कूनका प्राविधिक सल्लाहकार डा शिवजी सापकोटा, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहाल, राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिना र बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत नवराज घोरसाईनेले सहजीकरण गरेका थिए ।तालिम पश्चात सहकारी संघरसंस्थाहरुमा आन्तरिक परीक्षण शाखा स्थापना गराई वास्तविक समयको परीक्षण र वार्षिक रुपमा गरी दुई प्रकारको आन्तरिक प्रतिवेदन तयार गरी संस्थाको आन्तरिक व्यवस्थापनलाई चुष्त र दुरुस्त बनाउने लक्ष्य संघले लिएको छ ।

तालिमको प्रभावकारीताको परीक्षण र कार्यान्वयनको परीक्षण वार्षिक रुपमा संघको अधिकृत स्तरको कर्मचारीबाट गरिने व्यवस्था मिलाईएको संघले जनाएको छ । तालिमको कार्यक्रमको संघका अध्यक्ष उद्धव सापकोटाले उद्घाटन गरेका थिए । कार्यक्रममा सापकोटाले नेपालमा सहकारीको आन्तरिक परीक्षणको पहिलो पाठ्यक्रम विकास भई पहिलो समूहमा तालिम लिन उपस्थित हुने ५० करोड भन्दा माथि कारोबार गर्ने संघमा आवद्ध सदस्य संघरसंस्थाहरुले तालिम पश्चात संघको मार्गदर्शन अनुसार आन्तरिक परीक्षण शाखा स्थापना गरी सक्षम, सवल र सुरक्षित सहकारी निर्माणमा भूमिका खेल्न अनुरोध गरे ।
कार्यक्रममा संघका महासचिव जिवसराज खड्काले संघले विकास गरेको पाठ्यक्रमलाई अझै परिष्कृत र उत्कृष्ट बनाउनका लागि तालिमका सहभागीहरुसँग सुझावको अपेक्षा गर्नुका साथै संस्थाहरुले व्यवहारमा कार्यन्वयन गरी सुरक्षित सहकारी संस्था निर्माणमा अभियानमा नमूना प्रर्दशन गर्न सुझाव दिए । तालिमका सहभागीहरुले तालिमले सहकारी संस्थाको आन्तरिक नियन्त्रण प्रणाली सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र आफुहरुले सिकेको सिप र ज्ञान आफ्नो संस्थामा लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तालिममा विभिन्न जिल्ला बचत संघ तथा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत र लेखा हेर्ने अधिकृतस्तका कर्मचारीहरु गरी २४ जनाको सहभागिता रहेको थियो ।