आइतबार, कार्तिक ९ गते २०८३

आइएमई पे र एम बैंकबीच सम्झौता, ६ सय ५० भन्दा बढी सहकारीका सदस्यले डिजिटल भुक्त्तानी गर्न सक्ने

चैत्र २४, २०७९ शुक्रबार
आइएमई पे र एम बैंकबीच सम्झौता, ६ सय ५० भन्दा बढी सहकारीका सदस्यले डिजिटल भुक्त्तानी गर्न सक्ने

सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैँकबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एम बैँक एपमार्फत ६ सय ५० भन्दा बढी सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले आइएमई पे वालेटमा रकम लोड, आइएमई पे बाट सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकटदेखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको आइएमई पे मा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेको कम्पनीको दाबी छ ।सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैँकबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एम बैँक एपमार्फत ६ सय ५० भन्दा बढी सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले आइएमई पे वालेटमा रकम लोड, आइएमई पे बाट सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकटदेखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ । 

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको आइएमई पे मा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेको कम्पनीको दाबी छ ।