आइतबार, कार्तिक ९ गते २०८३

महासम्मेलनमा एघार विषयमा कार्यपत्र प्रस्तुत हुने, यस्ता छन् विषयवस्तु 

चैत्र २१, २०७९ मंगलबार
महासम्मेलनमा एघार विषयमा कार्यपत्र प्रस्तुत हुने, यस्ता छन् विषयवस्तु 


राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा ११ वटा विषयमा छलफल हुने भएको छ । महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ११ वटा विषयमा  व्यापक छलफल गरी घोषणा पत्र जारी गरिने जानकारी दिएको छ ।

महासम्मेलनमा कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले नेपालमा जलवायु अनुकुल कृषि सहकारी, नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलले तरलता व्यवस्थापन र नेपालमा सहकारीको भविष्य  बैंकर अनिल केशरी शाहले विश्वमा बदलिदो कार्य वातावरणः संस्थागत सफलताको आधार र  राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द राज पोखरेलले विश्व सहकारी अभियान  र  दिगो विकास लक्ष्यका विषयमा कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । त्यसैगरी राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा थाम्सुहाङले नेपालमा सहकारी अभियानःभिजन २०३०, गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीको स्वनियमन र सुशासनको ढाँचाःदर्शन र कानुनको सन्दर्भ , नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालले सहकारीका लागि प्रभावकारी लोकतान्त्रिक शासन पद्धति र  पूर्व अर्थ सचिव सुरेन्द्र पाण्डेले सहकारी सेवामा डिजिटल नविनतम विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

 महासम्मेलनमा  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले महिला तथा युवा सन्दर्भमा सहकारीमा आर्थिक र सामाजिक समावेशीकरण विषमा कार्यपत्र प्रस्तुत गर्ने तालिका रहेको छ । यस्तै महासम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी अभियानको तर्फबाट विजनेस काउन्सिल अफ कोअपरेटिभ एण्ड म्युचलका प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसनले सहकारी पहिचानको गहिराइले सुन्दर विश्व निमार्ण गर्छ र जेए जेन्चु जापानका सिनियर म्यानेजर टोक्यो इचियाले सहकारी एकिकरणःठुलो सोचौ,ठुलो बनौं भन्ने विषयमा कार्यपत्र पस्तुत गर्ने तयारी भएको महासंघले जनाएको छ ।  आईसीए एपीका क्षेत्रीय निर्देशक बालु एयरले पनि महासम्मेलनमा प्रस्तुतिकरण गर्ने जनाइएको छ ।

 प्रत्येक ५÷५ वर्षमा हुने राष्ट्रिय सहकारी महासम्मेलनलाई यस पटक विशेष महत्वका साथ हेरिएको छ । सहकारी क्षेत्र तरलता लगायत अनेकन समस्याबाट गुज्रिरहेको अवस्थामा आयोजना गर्न लागिएको महासम्मेलनले समस्या समाधानमा मार्गप्रशस्थ गर्ने अपेक्षा आम सहकारीकर्मीको रहेको छ ।