आइतबार, कार्तिक ९ गते २०८३

 शुभकामना साकोसद्धारा ‘वर्तमान समयमा सहकारीको चुनौती र समाधान’ विषयक अन्तरक्रिया सम्पन्न

चैत्र २०, २०७९ सोमबार
 शुभकामना साकोसद्धारा ‘वर्तमान समयमा सहकारीको चुनौती र समाधान’ विषयक अन्तरक्रिया  सम्पन्न

 
६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना बचत तथा ऋण सहकारी संस्थाले “वर्तमान समयमा सहकारीको चुनौती र समाधान” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  ।  भक्तपुरका १९ वटा सहकारीहरु भेला भइ सो विषयमा  व्यापक छलफल तथा अन्तरक्रिया कार्यक्रम  भएको हो ।

संस्थाका प्रमुख सल्लाहकार बालमुकुन्द सुवालले वर्तमान समयमा सहकारीको चुनौती र समाधान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष  रामप्रसाद कासुलाले हाल विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले सहकारीमा ल्याएको तरलता अभावको समस्या र केहि समस्याग्रस्त सहकारीले गर्दा सहकारी अभियानलाई हेर्ने दुष्टिकोणमा फरक रहेको बताए । संस्थाका निर्वतमान अध्यक्ष  न्हुछें कुमार त्वायनाले संचालन गरेकोे सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रेश्मी श्रेष्ठले निश्कर्षको रुपमा १९ वटा विभिन्न सहकारीका प्रतिनिधिहरु द्धारा व्यापक छलफल गरी प्राप्त सुझावहरुलाई कार्यान्वयनमा ल्याउने बताईन् ।

सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ मा व्यवस्था भएको प्रावधानलाई कार्यान्वयन गर्न बहस पैरवीको लागि पहल गर्ने, सहकारीहरुमा आन्तरिक सुशासन मजबुत बनाउने, सहकारी संस्था संचालन सम्बन्धि ऐन, नियमावलीको पूर्ण कार्यान्वयन गर्ने, संचालक समिति, लेखा समिति र उपसमितिले आफ्नो भुमिका सक्रियताका साथ निर्वाह गर्ने रहेका छन् ।  सहकारीको अनुगमन र संयन्त्र विकास गर्न विषयगत संघहरुको भूमिका परिभाषित गर्ने, सहकारी अभियान विरुद्ध आउने नकारात्मक सूचनाहरु सहकारी विच समन्वय र सहकार्यमा समाधान खोज्ने, बाह्य ऋण लिई ऋण लगानी नगर्न प्रतिबद्ध हुने  जस्ता विषयमा छलफल तथा ऐक्यवद्धता प्रस्तुत गरिएको उनले बताईन् । अन्तमा संस्थाका उपाध्यक्ष  निर्मला सुवालले उपस्थित सबैलाई धन्यवाद दिएकी थिईन । सोही अवसरमा संस्थाले प्रकाशित गरेको  २०८० सालको नयाँ क्यालेन्डर विमोचन  विमोचन गरिएको थियो ।