शनिबार, आश्विन १७ गते २०८३

महालक्ष्मी विकासले ल्यायो घर किन्न र बनाउन नयाँ कर्जा योजना

चैत्र १९, २०७९ आइतबार
महालक्ष्मी विकासले ल्यायो घर किन्न र बनाउन नयाँ कर्जा योजना

 

महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ । नयाँ बर्षको अवसरमा बैंकले घर खरिद गर्न वा घर निर्माण गर्न उक्त ब्याजदरमा कर्जा योजना ल्याएको हो 

१२।९९ प्रतिशतको आकर्षक ब्याजदरमा अफर सँगै कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने भएको छ । बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०।२५ प्रतिशत छुट प्रदान गर्ने र उक्त छुट सुविधा सिमित समय अवधिका लागि रहेको जनाएको छ ।

आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न र स्वदेशमै उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा आकर्षक ब्याजदरमा सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुने बैंकले जनाएकाे छ ।