जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।
संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६६ पिन्ट रगत संकलन भएको थियो । नेपाल रेडक्रस जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा संस्थाले रक्तदान गरेको हो । कार्यक्रममा ५० जना पुरुष र १६ जना महिलाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई संस्थाले धन्यबाद ज्ञापन गरेको छ । समुदाय र सदस्यकेन्द्रीत संस्थाको रुपमा कारोवार गर्दै आएको संस्थाले समय समयमा विभिन्न सामाजिक कारोवार गर्दै आएको छ ।
संस्थाले सहकारी दिवसको अवसर पारेर बिस हजार बराबरको अनाथ बालबालिकाहरु पालन पोषण गर्ने सङ्घ सस्थालाई खाध्यन्न लागायतका अत्यावश्यक सामाग्रीहरु उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिए । संस्थाले चैत्र २० गते मैनापोखरी बजारमा र्यालि र गाउँपालिकाका कार्यसमिति र सहकारी अभियान्ताहरुको उपस्थितीमा सहकारीको वर्तमान अवस्था तथा स्थानिय तहले सहकारीको विकास र प्रर्वदनमा खेल्नुपर्ने भुमिकाको बिषयमा कार्यपत्र प्रस्तुति तथा अन्तक्रिया कार्यक्रम आयोजना गरिने उनले बताए ।
संस्थाले प्रकाशित गरेको वितीय विवरण अनुसार शेयर पुँजी १६ करोड ,५२ लाख,जगेडा कोष १७ करोड,१४ लाख,कुल संस्थागत पुँजी १७ करोड, १४ लाख र अन्य कोषहरु १० करोड, २० लाख रहेको छ । त्यसैगरी कुल बचत १ अर्ब, ६५ करोड, २ लाख , ऋण लगानी १ अर्ब, ८८ करोड ,६२ लाख र कुल सम्पत्ती २ अर्ब, ३३ करोड, ७३ लाख रहकेो छ । संस्थामा तरलता रकम १८ करोड, ७७ लाख ,सदस्य संख्या२७ हजार ,५७६ र ऋणी सदस्य ४ हजार ३ सय ५६ जना रहेका छन् ।