आइतबार, कार्तिक ९ गते २०८३

६६ औं सहकारी दिवसः बागलुङ बजार सरसफाई

चैत्र १८, २०७९ शनिबार
६६ औं सहकारी दिवसः बागलुङ बजार सरसफाई


 
 ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शनिबार बिहान बागलुङ बजार सरसफाई गरिएको छ  ।बागलुङ नगरपालिका सहकारी शाखा र जिल्ला सहकारी संघ लिमिटेडको आयोजना तथा विषयगत सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक र विभिन्न सहकारी संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुको सहभागितामा बजार सरसफाई गरिएको हो । दुई समूहमा विभाजन गरेर सरसफाई गरिएको थियो ।

सरसफाईको शुभारम्भ बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गर्नूभएको थियो । समिट चोकदेखि, ट्राफिक चोक, टेलिकम चोक, अस्पताल रोड हुँदै धौलागिरी चोक र अर्को समूह समिट चोक हुँदै हल्लन चोक हुँदै जीप पार्क सम्म सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रमका सहभागीहरुलाई बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माले धन्यवाद दिए । चैत १८ गते बजार सरसफाई सरसफाई गरेका सहकारी कर्मीहरुले चैत २० गते मुल समारोहको आयोजना गरेका छन् ।

जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाको संयुक्त आयोजना तथा विषयगत संघहरु, राष्ट्रिय सहकारी बैंक र सहकारी संस्थाहरुको सहभागितामा हुने ¥यालीपछि जोजोलोपा पार्टी प्यालेसमा मुख्य समारोह हुने जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिइन् । सहकारी दिवसको मुख्य समारोह र ¥यालीमा आ–आफ्नो संघ संस्थाको ब्यानर सहित बढी भन्दा बढी सहकारीकर्मीहरुको सहभागिताका लागि आव्हान गरिएको बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेमप्रसाद शर्माले बताए ।  ६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा चैत १७ गते जिल्ला सहकारी संघले जिल्ला स्तरीय महिला गोष्ठी सम्पन्न गरेको छ । जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा १९ गते लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरुका लागि तालिम कार्यक्रम सञ्चालन हुदैछ । 

सहकारीको दिगोपन ः स्वनियमन र सुशासन भन्ने नाराका साथ मनाउन लागिएको सहकारी दिवस बागलुङका सम्पूर्ण पालिकाहरुमा मनाउनका लागि जिल्ला सहकारी संघ बागलुङले आव्हान गरेको छ ।