सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले शेयरधनीलाई वितरण गर्न प्रस्तावित ८ दशमलव ९७ प्रतिशत लाभांश पारित गरेको छ।
बैंकको संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ दशमलव ५३४ प्रतिशत बोनस सेयर र ० दशमलव ४४९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
साधारण सभामार्फत संस्थापक र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्न ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् ।
संस्थापक तर्फबाट उज्जवल सत्याल, सुशिल काजी बानियाँ र सुजन सिद्धि बज्राचार्य निर्वाचित भएका छन् भने सर्वसाधारणको तर्फबाट लिसा शेरचन, गंगा सागर ढकाल र नरेश ढुंङगाना निर्वाचित भएका हुन् ।