मंगलबार, कार्तिक ११ गते २०८३

नवजागरण साकाेसद्वारा खाँडादेवी गाउँपालिकामा सदस्य शिक्षा कार्यक्रम

चैत्र १८, २०७९ शनिबार
नवजागरण साकाेसद्वारा खाँडादेवी गाउँपालिकामा सदस्य शिक्षा कार्यक्रम

 

नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले खाँडादेबी गाउँपालिका ४, सान्नेमा नयाँ सदस्य तथा शेयर सदस्यहरु संग सदस्य शिक्षा कार्यक्रम गरेको हो ।

संस्थाले गरेका गतिविधिका बारेमा जानकारी दिनुकासाथै त्यहाँका सदस्यलाई नयाँ बर्ष २०८० सालको क्यालेण्डर बितरण गरेको थियो । संस्थाका सदस्य शिक्षा उपसमितिका सदस्य बोधबहादुर रोका र व्यवस्थापक रमेशकुमार उदासले सदस्यलाई सहकारी शिक्षा कार्यक्रममा सहजीकरण गरेका थिए । संस्थाले सदस्यहरुमाझ सहकारी शिक्षा अभियानलाई ब्यापक बनाउदै क्यूआर कोर्ड सेवा पनि दिएको छ ।