परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत बिद्यार्थीालाई स्टेशनरी वितरण गरेको छ ।
संस्थाले भीमेश्वर नगरपालिका वडा नं २ स्थित तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत ७७ जना विद्यार्थीलाई स्टेशनरी विरतण गरेको हो । संस्थाका सञ्चालक समिति र कर्मचारी विद्यालयमा उपस्थित भई एक कार्यक्रमको अयोजना गरी स्टेशनरी सामाग्री हस्तान्तरण गरेको संस्थाकी अध्यक्ष सरु सापकोटाले बताईन । भीनपा कार्यपालिका सदस्य मुना श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्र.अ. तिर्थ बहादुर जोशी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनम कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाकी उपाध्यक्ष अप्सरा चौलागाईले गरेकी थिईन । सो अवसरमा संस्थाकी अध्यक्ष सापकोटाले सहकारी भनेको हो ? सहकारीमा किन बचत गर्नुपर्छ भन्ने जस्ता कुराको जानकारी विद्यालय शिक्षा देखि नै दिनुपर्ने बताइन । विद्यार्थीलाई सहकारी शिक्षा दिनका लागि विद्यालयसम्म पुग्ने गरेका उनको भनाइ छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विद्यालायमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामाग्री उपलब्ध गराएको उनले बताइन । संस्थाले विगतका बर्षहरुमा पनि दिवसको अवसर पारेर विद्यालयमा अध्यनरत विद्यार्थीैलाई स्टेशनरी उपलब्ध गराएको थियो ।
