जिल्ला सहकारी संघ दोलखाले विभिन्न कार्यक्रम गरेर ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन सहकारी संघ संस्थालाई आग्रह गरेको छ । संघले एक सूचना जारी गर्दै रक्तदान र सरसफाई जस्ता कार्य गरेर सहकारी दिवस मनाउन संघ संस्थालाई आग्रह गरेको हो । संघले चैत्र २० गते आफ्ना संघ संस्था सरसफाई, दिप प्रज्वलन तथ रक्तदान गरी दिवस मनाउन आग्रह गरेको छ ।
त्यसैगरी उक्त दिन सहकारी संघ संस्थाहरुले सम्मान पुरस्कार जस्ता कार्यहरुको घोषणा लगायत नयाँ बस्तु तथा सेवाहरुको सुरुवात गर्नुपर्ने भएमा पनि यसै दिनमा गर्न भनेको छ । संघले स्थानीय एफएमबाट सहकारी दिवसको कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ ।
त्यसैगरी चैत्र २० गते सदरमुकाम चरिकोटमा बिहान ७ देखि र्याली निकालेर सहर परिक्रमा पछि सातदोवाटोमा कोणसभा गर्ने जनाएको छ । र्यालीमा आ -आफ्नो सहकारी संघ संस्थाको ब्यानर सहित उपस्थित हुन संघले आग्रह गरेको छ ।
