राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत नेपाल प्रहरीलाई ३० लाख रुपैंया आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरिक्षक बसन्तबहादुर कुवँरलाइ सो रकम वराबरको चेक एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।
नेपाल प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेदकुद, प्रकोप व्यवस्थापन, ट्राफिक संचेतना, प्रहरी परिवारलाई उद्यमशीलता सम्बन्धी कार्यका लागि आर्थिक सहयोग गरेको हो ।
कार्यकममा प्रहरी नायब महानिरिक्षक पोषराज पोखरेल, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, प्रबन्धक जितेन्द्रसिंह थापा, शाखा कार्यालय नक्सालका प्रबन्धक माधब खतिवडा लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।