राष्ट्रिय सहकारी महासंघले सहकारी बचाउँ राष्ट्रिय अभियानको तर्फबाट प्रस्तुत गरिएको १३ बुँदे मागलाई सम्बोधन गर्न ३ सस्यीय समस्या समाधान संयोजन समिति गठन गरेको छ । महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा महासंघका सञ्चालकद्वय राजेन्द्र पौडेल र शिव डाँगी सदस्य रहेको समिति गठन गरिएको हो ।
सहकारी बचाउँ अभियानले विषम परिस्थिति रहेकाले सहकारी क्षेत्र बचाउनका लागि सन्दर्भ ब्याजदर पुनरावलोकन, तरलता व्यवस्थापन कोष, कर्जा सूचना केन्द्र स्थापना लगायतका विभिन्न मागहरु अघि सारेको थियो । ती मागको सम्बोधनका लागि पहल गर्न महासंघले समिति गठन गरेको हो ।
साथै आगामी चैत्र २३ देखि २५ सम्म हुन लागेको राष्ट्रिय सहकारी महासम्मेलनलाई सफल बनाउने समेत निर्णय गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
