मंगलबार, कार्तिक ११ गते २०८३

सहकारीका बजार प्रतिनिधिलाई सहकारी बैंकको वित्तीय साक्षरता  

चैत्र १३, २०७९ सोमबार
सहकारीका बजार प्रतिनिधिलाई सहकारी बैंकको वित्तीय साक्षरता  


 राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बागलुङ बजारमा सञ्चालित सहकारी संघ संस्थाका बजार प्रतिनिधिहरुका लागि एक दिने वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । बजार प्रतिनिधिहरुलाई दिइने वित्तीय साक्षरता तालिमले संस्थाको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा सहजीकरण गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीमा संलग्न कर्मचारी, सञ्चालकहरुले वित्तीय साक्षरताका बारेमा सदस्यहरुलाई सचेतना प्रदान गर्नु पर्नेमा जोड दिए  ।  
 वित्तीय साक्षरतले मानिसलाई आम्दानी गर्न, खर्च व्यवस्थापन गर्न र वचत गर्नका लागि सीप तथा ज्ञान प्रदान गर्ने भएकाले सबैलाई वित्तीय साक्षरता आवध्यक रहेको उनको भनाई छ ।  कार्यक्रममा बैंकका बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले सहकारी संस्थाका कर्मचारीहरुलाई अझै धेरै वित्तीय साक्षरता आवश्यक हुने बताए ।