आइतबार, कार्तिक ९ गते २०८३

लक्ष्मी महिला साकोसले विविध कार्यक्रम गरी रजत वर्ष मनाउने

चैत्र १३, २०७९ सोमबार
लक्ष्मी महिला साकोसले विविध कार्यक्रम गरी रजत वर्ष मनाउने

 

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले २५औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सव एवं रजत वर्ष प्रवेशको उपलक्ष्यमा संस्थाले आज एक कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाकी अध्यक्ष मैयाँ महतको अध्यक्षता तथा पनौती नगरपालिकाकी उपमेयर गिता बन्जाराको प्रमुख आतिथ्यता समारोह सम्पन्न भएको हो । 

कार्यक्रमका प्रमुख अतिथी गिता २५औं संस्था पुगेकोमा उलक्ष्यमा पनौति नगरका सबै दिदिबहिनीहरुलाई गोलबन्द गर्न साथै महिलाद्वारा सञ्चालित देशकै उत्कृष्ट सहकारी बन्ने शुभकामना दिइन् । समुदायमा आधारित भइ संस्थाले सदस्य एवं समुदायको नाम राख्न सफल रहेको भन्दै नगरपालिकाको तर्फबाट हातेमालो गर्न प्रतिवद्धता जनाइन् । 

कार्यक्रममा बोल्दै पनौति नगर, वडा न ५ का वडा अध्यक्ष बिनोद खत्री द्वारा संस्थाको हरेक क्रियाकलाप संस्थागत तालिम कार्यक्रम तारिफयोग्य र उदाहरणीय रहेको बताए । उनले बजार एवं ग्रामीण क्षेत्रमा पनि नीति, विधि एवं पारदर्शी रुपले संस्था चलेको भन्दै ढुक्क भएर कारोबार गर्न सुझाए । 

काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघकी उपाध्यक्ष कमला अधिकारि, काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सागरनाथ कपाली,  र सुबागाउँ स्वास्थ्य चौकी कार्यालय प्रमुख बिनोद कुइकेलको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका शेयर सदस्य, शुभेच्छुक, संस्थाका सञ्चालक समिति लेखा सुपरिवेक्षण समिति विभिन्न उपसमिति एवं कर्मचारीहरुको उपस्थितमा रहेको थियो । 

कार्यक्रममा संस्थामा आवद्ध गत वर्षको एसइइ परीक्षा उत्तीर्ण भएका बालसदस्यहरूलाइ प्रशंसापत्र, खादा र टीका लगाइ सम्मान गरिएको थियो भने रजत वर्षको उपलक्ष्यमा संस्थाकी सञ्चालक सदस्य अनिता कुइकेलद्वारा रचित संस्थागत गीत समेत प्रस्तुत गरिएको थियो । संस्थाले रजत वर्ष महोत्सवका अवसरमा वर्षभरिनै विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको छ। 

laxmi mahila program 2.jpg