कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता भएको छ । बैंकले आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्थासहित ल्याबसँग सम्झौता गरेको हो।
उक्त सम्झौतापछि नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा इन–हाउस परीक्षणमा २० प्रतिशत र आउटसोर्समा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।