शनिबार, आश्विन १७ गते २०८३

एनएमबि बैंकले २१ गतेबाट ४ अर्ब रुपैया बराबरकाे ऋणपत्र विक्री गर्दै

चैत्र १२, २०७९ आइतबार
एनएमबि बैंकले २१ गतेबाट ४ अर्ब रुपैया बराबरकाे ऋणपत्र विक्री गर्दै

 

एनएमबि बैंकले ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ निष्काशन गर्ने भएको छ । बैंकले चैत २१ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । ऋणपत्रको अवधि १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत रहेको छ । 

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ४० लाख कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात् २४ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको बैंकले जनाएको छ ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १६ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा छिटोमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण आवेदन नपरेमा आवेदन दिने समय २०८० बैशाख ५ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।