शनिबार, आश्विन १७ गते २०८३

खातामा नभएको रकमको चेक नलेख्न राष्ट्र बैंककाे चेतावनी

चैत्र १२, २०७९ आइतबार
खातामा नभएको रकमको चेक नलेख्न राष्ट्र बैंककाे चेतावनी

नेपाल राष्ट्र बैंकले आफ्नो खातामा नभएको रकमको चेक नलेख्न आग्रह गरेको छ । केन्द्रीय बैंकले ‘ग्लोबल मोनी विक २०२३’ मनाइरहेको सन्दर्भमा सचेतनामूलक सामग्री प्रकाशित गर्दै रकम नभए चेक नलेख्न सर्वसाधारणलाई सचेत गराएको हो । त्यस्तो चेक लेखेमा निजको वित्तीय रेकर्ड खराब हुने, कालोसूचीमा परिने र कानुनी कारवाही भोग्नुपर्नेसम्मको अवस्था आउने बारे केन्द्रीय बैंकले चेतावनी दिएको हो । 

राष्ट्र बैंकले भनेको छ, ‘आफ्नो खातामा नभएको रकमको चेक लेख्नुहुँदैन । यस्तो कार्य गर्दा वित्तीय आचारण खराब देखिन्छ । कानूनी कारबाही र कालो सूचीमा परिन्छ ।’

nrb po.jpg