आइतबार, कार्तिक ९ गते २०८३

मेची सहकारीले सदस्यलाई हस्तान्तरण गर्‍यो ५७ वटा नवनिर्मित घर

चैत्र १२, २०७९ आइतबार
मेची सहकारीले सदस्यलाई हस्तान्तरण गर्‍यो ५७ वटा नवनिर्मित घर

 

मेची बहुउद्देश्यीय सहकारीले संस्थाले सदस्यका लागि बनाएको आवास बितरण गरेको छ । पहिलो चरणमा निर्माण भएका ५७ वटा घर संस्थाले हस्तान्तरण गरेको हो । 

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घर हस्तान्तरण कार्यक्रमको उदघाटन गर्दै वास्तविक सहकारिताको अभ्यास गरेर खोलिएका संस्थाको पहिचान गरेर मात्र आर्थिक कारोबार गर्न सर्वसाधारणलाई सुझाए ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले मेची आवास क्षेत्रमा कूल ५७ वटा घरहरू निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। 

एक विगाहा १८ कट्ठा जग्गामा कुल २२ करोड ८३ लाख रुपैयाँमा उक्त घरहरू निर्माण सम्पन्न गरिएको बगालेले बताए । उनले शेयर सदस्यका लागि निर्माण गरिएको एउटा घरको मूल्य ४३ लाखदेखि ५१ लाख रुपैयाँसम्म परेको जनाए ।

हाल सो आवास क्षेत्रमा २६ शेयर सदस्यका परिवारले बसोबास गरिरहेको र सबै घर बिक्री भइसकेको पनि जनाइएको छ । मेची सहकारीले निर्माण गरेका २८ वटा घर खरिद कर्ताले पुरा रकम बुझाइसके र केहीले किस्तामा खरिद गरेको जनाइएको छ।

किस्तामा घर खरिद गर्नेलाई १२.५ प्रतिशत व्याजमा २० वर्षे कर्जा लगानी गरिएको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए। जमिनको क्षेत्रफलका आधारमा मूल्य फरक रहेको उनले बताए । सहकारीहरुले कृषि क्षेत्रमुखी कार्यक्रमलाई थप प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव थियो । आर्थिक रुपमा सामान्य आम्दानी भएका सदस्यहरुले आफ्नै घरमा बस्ने सपना पूरा गर्न मेची सहकारीले महत्पूर्ण योगदान गरेको ओलीले बताए ।

mechi sacos awas.jpg

mechi sacos building.jpg