आइतबार, कार्तिक ९ गते २०८३

परोपकार महिला साकोसमा १८.२७ प्रतिशत तरलता 

चैत्र १०, २०७९ शुक्रबार
परोपकार महिला साकोसमा १८.२७ प्रतिशत तरलता 


भीमेश्वर नगरपालिका बडा न.६ दोलखामा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले वितीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सहकारी विभागको निर्देशन अनुरुप यस आर्थिक बर्षको फागुन मसान्तसम्मको वितीय विवरण प्रकाशित गरेको हो ।

संस्थाले प्रकाशित गरेको  वितीय विवरण अनुसार शेयर पुँजी १ करोड,५९ लाख,३०हजार ,जगेडा कोष ४८ लाख ,४८ हजार र कूल संस्थागत कोष ४९ लाख, ६२ हजार रहेको छ । त्यसैगरी  संस्थाको विभिन्न कोषहरुमा ७८ लाख,१७ हजार तथा कूल बचत ९करोड,६७ लाख ३८ हजार रहेको छ । संस्थाले ३७५ शेयर सदस्यमाझ १२ करोड,२१ लाख, ७५ हजार रुपैया लगानी गरेको छ ।

संस्थामा १८.२७ प्रतिशत अर्थात  १ करोड ७६ लाख, ७० हजार तरलता रकम रहेको छ । संस्थामा २ हजार ५२ जना सदस्य आवद्ध रहेका छन । संस्थाको कूल सम्पती १४ करोड,२३लाख, ७७ हजार रहेको अध्यक्ष शर्मिला सापकोटाले जानकारी दिइन ।