मंगलबार, कार्तिक ११ गते २०८३

संस्थाका बारेमा भ्रमपूर्ण सामग्रीको प्रकाशित भएकोमा जनसचेतन साकोसको आपत्ति

चैत्र ९, २०७९ बिहीबार
संस्थाका बारेमा भ्रमपूर्ण सामग्रीको प्रकाशित भएकोमा जनसचेतन साकोसको आपत्ति


 
जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले संस्थाबारेमा भ्रमपूर्ण समाचार प्रकाशित भएको भन्दै त्यसको खण्डन गरेको छ । संस्थाले विज्ञप्ति जारी गर्दै एकपक्षीय ढंगले समाचार सम्प्रेषण भएको भन्दै त्यसको खण्डन गरेको हो । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संस्थाले छुट्टै छवि निर्माण गर्न सकेको भन्दै गलत समाचार र सामाजिक सञ्जालमा आएका तथ्यहीन सामग्रीका पछि नलाग्न सदस्यहरूलाइ अपील गरेको छ । 

संस्थाले विज्ञप्तिमार्फत संस्थाभित्र चेन अफ कमाण्ड कायम गर्न संस्थामा कार्यरत एक कर्मचारीलाइ बर्खास्त गरेको विषयलाइ केहि सञ्चारमाध्यमले अतिरञ्जित रूपमा प्रस्तुत गर्न खोजिएको जनाएको छ । 

संस्थाका सचिव कमल दाहालद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय क्षेत्रमा अनुशासित र पारदर्शी ढंगले काम गर्दै शेयर सदस्यहरुको मन जित्दै आएको जनसचेतन बचत तथा ऋण सहकारी संस्था जनजनको मनमा स्थापित सहकारी संस्था हो । लामो सहकारी यात्राको कालखण्डमा अनेक आरोह अवरोह पार गर्दै वित्तीय क्षेत्रमा सतीसालको रुपमा कार्यरत यो संस्थाले राष्ट्रिय, अन्तराष्ट्रिय पहिचान कायम गरेको छ। सामाजिक पक्ष विपक्ष र राजनीतिक आग्रह पूर्वाग्रह भन्दा टाढा रहेर शेयर सदस्यहरुको हितका लागि गतिविधि गर्नु नै जनसचेतनको पहिचान हो ।’

संस्थाका नीति नियम पालना गर्ने गराउने र संस्थाभित्र सुशासन कायम गर्ने सिलसिलामा एउटा जीवन्त संस्थाभित्र अनेकौँ प्रिय अप्रिय निर्णयहरु गर्नुपर्ने अवस्था सिर्जना भएकाले उक्त कदम चालिएको संस्थाको ठहर छ।

Jana 1.jpg

Jana 2.jpg