बुधबार, भाद्र ३ गते २०८३

“महासम्मेलन सहकारीका वर्तमान समस्या उजागर र छलफल गर्ने मञ्च हो”

चैत्र ९, २०७९ बिहीबार
“महासम्मेलन सहकारीका वर्तमान समस्या उजागर र छलफल गर्ने मञ्च हो”


नेपाल सरकार र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा हरेक ५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन हुँदै आएको छ । यसले समग्र देशको सहकारी अभियानको गाइडलाइन तयार गर्ने काम गर्छ । वित्तीय संकटकै बीचमा महासम्मेलन गर्नुपर्ने संयोग प¥यो । त्यसैले अहिले नगरेर कहिले गर्ने?  महासम्मेलनले सहकारी संस्थाहरुका लागि आवश्यक पर्ने नीति निर्माण गर्न मार्ग प्रशस्त गर्ने देखि सरकारलाई आवश्यक सुझाव दिने काम गर्छ । डोनर एजेन्सी, राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकारी सम्वद्ध विज्ञहरुको सुझाव लिएर अभियानको मार्गचित्र कोर्ने थलो हो महासम्मेलन । महासम्मेलन जस्तो फोरममा भाग लिन पाउनु आफैंमा गर्व गर्न लायक विषय हो । कतिपय साथीहरुले किन विरोध गरिरहनुभएको छ बुझिएन । र विरोधको स्वर त्यति ठूलो छ जस्तो मलाई लाग्दैन । विरोध गर्ने कुरा छ भने महासम्मेलन भित्रै बसेर छलफल गर्न सकिन्छ । विरोधका लागि मात्रै विरोध गरिहनुपर्छ भन्ने मलाई लाग्दैन । महासम्मेलनमा जाने, त्यहीँ छलफल गर्ने र त्यहीँबाट समाधानको बाटो खोज्नुपर्छ ।

काम नै गर्नुहुँदैन भन्यो भने गन्तब्यमा पुग्न सकिँदैन । गन्तब्यमा पुग्नको लागि हिँड्नुपर्‍यो । सबैको रायसुझाव आयो भने बाटो तय गर्न सकिन्छ । साँच्चैनै अभियानमा लागेका व्यक्तिले महासम्मेलनको विरोध गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । अर्को ५ वर्षको नेपालको सहकारी अभियानको मार्गचित्र कोर्ने काम यो महासम्मेलनले गर्छ । आइसिएको विषयविज्ञहरु सम्मेलनमा आउँदै हुनुहुन्छ । नेपालका पनि दिग्गज व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यो कार्यक्रममा आइसीएको प्राविधिक सहयोग रहेको छ । महासम्मेलनलाई कसरी सफल बनाउने र उपायोगी बनाउने भन्ने नै अहिलेको छलफलको आवश्यकता हो ।

केहि सहकारीकर्मीहरुले सहकारीमा यति ठूलो समस्या आएको छ त्यतातिर ध्यान नदिएर महासम्मेलन गर्नतर्फ बढि केन्द्रित भयो भन्ने तर्क गर्नु भएको छ । अहिलेको समस्या सम्बोधन गर्ने काम पनि यो सम्मेलनले गर्छ भन्ने मलाइ लाग्छ । एक हजारको हाराहारीमा सहभागिता रहने सम्मेलनमा रजिष्ट्रेशनको काम उत्साहजनक भइरहेको छ । सरकारी निकाय, एनजिओ, आइएनजिओ र अन्तर्राष्ट्रिय समुदायको सहभागिता महासम्मेलनमा रहन्छ । सहकारीमा आएको समस्याको  मुख्य जड यहिँभित्रबाट खोज्न सकिन्छ । यो फोरममा ठूलो शक्ति पुगेको हुन्छ । सहकारीको पक्षमा धेरै मानिस उभिन्छन् । सरकारलाई पनि यो फोरमबाटै दवाव दिन सकिन्छ । महासम्मेलन एकदमै प्रभावकारी हुनेछ । कोही सहभागी हुन चाहनुहुन्छ भने रजिष्ट्रेशन गरिहाल्नु होला । पछि सीट नपाइन सक्छ ।

विगतका महासम्मेलनले गाइडलाइन दियो । त्यसलाई नै आधार बनाएर राष्ट्रिय योजना आयोग, मन्त्रालय र विभागले नीति कार्यक्रम र योजना बनाएका छन् । हाम्रो देशको श्रोत साधन, पुँजीको आधारमा प्रभावकारी काम हुन सकेन होलान् । तर हामीले दिएको गाइडलाइन सरकारले नमानेको वा कार्यान्वयन नगरेको भन्ने छैन । हामी सबैले सहकारी क्षेत्रको समस्या समाधानको बाटो यो भनेर एउटै बनायौं भने महासंघ त्यही मुद्दालाई बोकेर अगाडि बढ्छ । अभियानकर्मीले महासम्मेलनमा नै गएर आफ्ना कुरा राख्नु प¥यो ।

दवाव सृजना गरेर सहकारी मैत्री नीति निर्माण गर्दै जानुपर्छ । महासम्मेलन विश्वको धेरै देशमा हुन्छ । यहाँ मात्रै होइन । महासम्मेलन विश्वका धेरै मुलुकमा हुन्छ । महासम्मेलन गर्न पाउनु गौरवको कुरा हो । एउटा दस्तावेज महासम्मेलनले तयार गर्छ । र सरकारलाई गाइडलाइन दिन्छ । धेरै साँसद पनि सम्मेलनमा सहभागी हुँदैहुनुहुनछ । सहभागीको तर्फबाट आफ्नो विचार प्रस्तुत गर्न आउनु राम्रा कुरा हो ।

सञ्चालक बस्नेतसँग गरिएको कुराकानीमा आधारित