रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले फागुन महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागले जारी गरेको निर्देशन अनुरुप संस्थाले यस आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाले सार्वजनिक गरेको विवरण अनुसार शेयर पुँजी ४ करोड ३८ लाख ७१ हजार, जगेडा कोष ६ करोड ९४ हजार र अन्य कोषहरु ६६ लाख ७६ हजार रहेको छ ।
त्यसैगरी संस्थाले त्यस अवधिमा कुल बचत ४५ करोड, ८३ लाख ५९ हजार र ऋण लगानी ३९ करोड ९९ लाख ४२ हजार रहेको वित्तीय प्रतिवेदनमा उल्लेख छ । संस्थाको कुल संस्थागत पुँजी ६ करोड २१ लाख ४४ हजार र तरतला रकम ६ करोड ६९ लाख ८० हजार रहेको छ । संस्थामा ८ हजार ६१२ सदस्य रहेका छन् भने ७९८ जना सदस्यले ऋण लिएका छन् । त्यस अवधिमा संस्थाको कुल सम्पत्ति ६० करोड ८७ लाख ११ हजार रहेको छ ।