मंगलबार, कार्तिक ११ गते २०८३

सहकारी दिवसको अवसरमा जिल्ला संघ काभ्रेले हाजिरी जवाफ प्रतियोगिता गर्दै  

चैत्र ६, २०७९ सोमबार
सहकारी दिवसको अवसरमा जिल्ला संघ काभ्रेले हाजिरी जवाफ प्रतियोगिता गर्दै  


जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले सहकारी दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ ।  ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हाजिरी जवाफ गन लागेको संघका  अध्यक्ष दिलिप शर्माले बताए । संघको आयोजना र कोअपरेटिभ म्यानेजर क्लब काभ्रेको व्यवस्थापनमा प्रतियोगिता गर्ने उनले जानकारी दिए ।

जिल्लामा सञ्चालित सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरु हाजिरी जवाफ प्रतियोगिता सहभागी हुन सक्ने उनले जनाए । इच्छुक सहकारी संघसंस्थाहरुलाई सहभागिताको लागि टिम दर्ता गर्न संघले आग्रह गरेको छ  । चैत्र २० गते संघको मुख्य कार्यालयमा प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा भाग लिन ३ सय दर्ता शुल्क लाग्ने छ भने प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार ,द्धितिय हुनेलाई २० हजार ,तृतीय हुनेलाई १० हजार र सान्त्वना पुरस्कार  ५ हजार व्यवस्था गरिएको संघले जनाएको छ ।

आगामी चैत्र १७ गते भित्र टिम दर्ता गर्न संघले भनेको छ । सहभागि टिमको संख्या धेरै हुने भएकाले चैत्र १९ गते प्रारम्भिक चरणको छनोट गर्ने र २० गते उत्कृष्ट ६ टिमलाई प्रतियोगितामा सहभागि गराइने संघले सूचनामार्फत जानकारी गराएको छ ।