मंगलबार, कार्तिक ११ गते २०८३

‘ग्लोबल मनी विक’मा पोखरा रोयल साकाेसले सात कार्यक्रम गर्ने

चैत्र ६, २०७९ सोमबार
‘ग्लोबल मनी विक’मा पोखरा रोयल साकाेसले सात कार्यक्रम गर्ने

 

‘ग्लोबल मनी विक(२०२३’ को अवसरमा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गर्ने भएको छ। संस्थाले त्यस अवसरमा ‘सात दिन, सात कार्यक्रम’ गर्ने जनाएको छ । 

संस्थाले चैत्र ६ गतेदेिख १२ सम्मको विभिन्न कार्यक्रम घोषणा गरेको हो । ‘सात दिन, सात कार्यक्रम’ अन्तर्गत आज संस्थामा आउने युवा सदस्यलाई स्वागत तथा सम्मान कार्यक्रम गर्नेछ । त्यस्तै चैत्र ६ गतेदेखि १२ गतेसम्म वित्तीय साक्षरण सम्बन्धी चेतनामूलक सामग्री पोष्ट गर्ने, चैत्र ६ गतेदेखि १२ गतेसम्म बाल बचतकर्तालाई सेभिङ बक्स वितरण गर्ने, चैत्र ६ गतेदेखि १२ गतेसम्म युवा सदस्यता वितरण कार्यक्रम (प्रवेश शुल्क छुट) रहेको छ । त्यस्तै चैत्र ९ र १० गते युवा तथा विद्यार्थीहरुलाई सहकारी भ्रमण र कफी गफको कार्यक्रम संस्थाले तय गरेको छ ।

चैत्र ११ गते ‘सुन्दर भविष्यको लागि बचत’ शिर्षकमा अन्तर कर्मचारी निवन्ध प्रतियोगिता र चैत्र १२ गते १०० युथ, सहकारी दुत कार्यक्रम र युवा तथ्यांक सार्वजनिक कार्यक्रम तय गरेको संस्थाका मुख्य प्रबन्धक तथा सूचना अधिकारी मिलन ढकालले जनाए । 

युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले हरेक वर्ष विश्वभर ग्लोबल मनी विक–२०२३ मनाइँदै आइएको छ। सन् २०१२ देखि हरेक वर्षको मार्चमा मनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट ९ओइसिडी० को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइँदै आएको छ । यस वर्ष चैत ६ देखि १२ गते ९मार्च २०–२६० सम्म नेपालमा मनाइने भएको हो ।