शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकका ११७ जना नवप्रवेशीलाई पूर्व सेवाकालिन तालिम

चैत्र ६, २०७९ सोमबार
राष्ट्रिय वाणिज्य बैंकका ११७ जना नवप्रवेशीलाई पूर्व सेवाकालिन तालिम

 

कोशी र मधेस प्रदेशका लागि छनौट भएका राष्ट्रिय वाणिज्य बैंक नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम शुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकहरुलाई आधुनिक गुणस्तरीय बैंकिङ्ग सेवा दिई संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति उपयोग हुने जनाए ।

प्रदेशका सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि देशको पुरानो बैंक नयाँ कर्मचारीले युक्त हुने उनले बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्यू आर, पीओएस, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरु समेत प्रदान गरिरहेको छ ।