लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा पनौती सुन्दरर्बस्ती समुहमा सदस्य बिस्तार एब सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाको शिक्षा उपसमिति सम्योजक सर्मिला अधिकारी लक्ष्मी महिला साकोसद्धारा सदस्यसँग सहकारी शिक्षा कार्यक्रम र सदस्य मदन महतको उपस्थितिमा भएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीद्वारा प्रशिक्षण दिइएको थियो । कार्यक्रम व्यवस्थापन कर्मचारीहरु ललिता थापा के सि र जमुना बस्नेतले गरेका थिए ।
सहकारी शिक्षाको क्रममा सम्पुर्ण शेयर सदस्यहरुलाइ सहकारीको अर्थ सिद्धान्त एब मूल्य मन्यताको बारेमा प्रष्ट पार्दै सहकारीको आबश्यकता, सहकारीक सबल पक्ष र सहकारीलाई कमजोरीरुपमा हेर्ने दृस्ठटकोण र सो बास्तबिकता र सहकारीको पहिचान बारेमा सदस्यहरुलाइ जानकारी दिईएको थियो । यसैगरि संस्थाको प्रारम्भ देखि अहिले सम्मको वितीय अवस्थाको विश्लेशनका साथै संस्थाले दिएको वितीय सेवा बाहेक थप सुबिधा एब सामुदायिक उत्तरदायित्व सम्बन्धि बिषयमा पनि चर्चा गरिएको थियो ।
सहकारी शिक्षाको क्रममा हाल बजारमा देखिएको ब्याजदरको अस्वस्थ प्रतिस्पर्धा र जोखिम निम्त्याइरहेका अप्त्यारिलो र भड्किलो खालको ब्याजदरमा मात्र आकर्षित नभै समुदायमा आधारित भएर चलेका सहकारीमा आवद्ध भई व्यथितिलाइ भन्दा पनि व्यवस्थापनलाई ध्यान दिन सदस्यहरुलाइ उत्साहित गरिएको थियो । ४० जना सदस्यहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको थियो।