नेपालमा डिजिटल कारोबारमा निरन्तर वृद्धि हुँदै गएको छ । केन्द्रीय बैंकले डिजिटल बैंकिङ्गमा जोड दिएको र अनलाइनको सहजतासँगै डिजिटल कारोबारमा वृद्धि देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको माघसम्म कनेक्ट आइपीएस, मोबाइल बैंकिङ्ग, वालेट, इन्टरनेट बैंकिङ्ग जस्ता प्लाटफर्मबाट हुने कारोबार बढेको हो ।
राष्ट्र बैंकका अनुसार आरटीजीएस, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड लगायतका डिजिटल औजार प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । कारोबारको संख्या र कारोबार रकम पनि उल्लेख्य रुपमा वृद्धि भएको छ ।
एक वर्षको अवधिमा कनेक्ट आईपीएसमार्फत् ४२ लाख ९९ हजार ३११ पटक ३ खर्ब २८ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि गत वर्षको सोही अवधिमा ३१ लाख ४० हजार १८० पटक २ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ३९ प्रतिशतले कनेक्ट आईपीएस मार्फत कारोबार बढेको हो ।
यस्तै, वालेटमाफर्त हुने कारोबार पनि बढेको छ । माघसम्म १ करोड ६९ लाख ६० हजार ८२८ पटक १७ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ करोड २९ लाख ५७ हजार ३५३ पटक १४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको तुलनामा १७।७६ प्रतिशतले वालेटको कारोबार बढेको हो ।
मोबाइल बैंकिङ्ग मार्फत् २ करोड २२ लाख १६ हजार ८० पटक १ खर्ब ७२ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ करोड ३८ लाख ४४ हजार ७१० पटक ९२ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । गत वर्षको तुलनामा ८६ प्रतिशतले मोबाइल बैंकिङ्ग कारोबार बढेको हो ।
क्यूआरमा आधारित भुक्तानी ५७ लाख ७८२ हजार २६५ पटक१७ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको माघ मसान्तसम्म १७ लाख ८२ हजार ३६३ पटक ६ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार थियो । गत वर्षको तुलनामा १५८ प्रतिशत क्यूआरमा आधारित भुक्तानी वृद्धि भएको हो ।
डेबिट कार्ड प्रयोग गरी माघसम्म१ करोड १ लाख ८६ हजार ६६२ पटक ७९ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा डेबिट कार्डमार्फत् ८२ लाख २४ हजार ५७७ पटक ६४ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।गत वर्षको तुलनामा २३ प्रतिशत वृद्धि भएर डेबिट कार्डमार्फत् कारोबार भएको हो ।
क्रेडिट कार्ड प्रयोग गरी समीक्षा अवधिमा २ लाख १३ हजार ४९७ पटक १ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ लाख ६६ हजार २२ पटक ९३ करोड रुपैयाँ बराबरको मात्रै क्रेडिट कार्ड मार्फत कारोबार भएको थियो । गत वर्षको तुलनामा क्रेडिट कार्डको कारोबार ४४ प्रतिशत बढेको हो ।
यस्तै, चालू आर्थिक वर्षको माघसम्म इलेक्ट्रोनिक चेक क्लियरिंग ९ईसीसी०मार्फत्९ लाख ७९ हजार २४४ पटक ४ खर्ब ७४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १० लाख ५ हजार ९४७ पटक ६ खर्ब ४१ अर्ब २० करोड रुपैयाँ बराबरको यस्तो कारोबार भएको थियो । गत वर्षको तुलनामा यस्तो कारोबार २६ प्रतिशत घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
यस्तै, रियल टाइम ग्रस सेटलमेन्ट ९आरटीजीएस०को ६२ हजार ५४४ पटक २२ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा ५७ हजार ६४० पटक ३१ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । गत वर्षको तुलनामा कारोबार धेरै भएपनि रकम भने घटेको छ । गत वर्षको तुलनामा आरटीजीएसमार्फत् हुने कारोबार २७ प्रतिशतले कमी आएको हो ।