मंगलबार, कार्तिक ११ गते २०८३

 ‘ग्लोबल मनी विक’ मा वित्तीय साक्षरता कार्यकम आयोजना गर्न विभागको अनुरोध

चैत्र २, २०७९ बिहीबार
 ‘ग्लोबल मनी विक’ मा वित्तीय साक्षरता कार्यकम आयोजना गर्न विभागको  अनुरोध

सहकारी विभागले युवा लक्षित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु गर्न  अनुरोध गरेको  छ । विभागले आज एक सूचना जारी गदै सहकारी संस्थाहरुलाई  चैत ६ गतेदेखि १२ सम्म विभिन्न कार्यक्रम गरी ग्लोबल मनी विक–२०२३ मनाउन र यससम्बन्धी जानकारी विभागलाई  समेत उपलब्ध गराउन  भनेको छ ।

युवाहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले अर्गनाइजेशन अफ इकोनोमी कोअपरेसन एण्ड डेभलपमेन्टको संयोजनमा विश्वका धेरै देशमा यो दिवस मनाइन्छ । दिवसका लागि यस वर्ष ‘प्लान योर मनी, प्लान योर फ्युचर’ भन्ने थिम तय गरिएको छ।

335981686_191985623536687_8558155351704974211_n.jpg