आइतबार, कार्तिक ९ गते २०८३

सहकारीको ऋण मिनाहा हुँदैन, हल्लाकाे पछि नलाग्नुस्ः रजिष्ट्रार, कोशी प्रदेश

चैत्र १, २०७९ बुधबार
सहकारीको ऋण मिनाहा हुँदैन, हल्लाकाे पछि नलाग्नुस्ः रजिष्ट्रार, कोशी प्रदेश

कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले सहकारीबाट लिएको ऋण मिनाहाको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ । संस्थामा आवद्ध सदस्यकै बचत र शेयररकम जम्मा गरी सहकारीले सदस्यलाइ ऋण लगानी गर्ने भएकाले लिएको ऋण मिनाहा नहुने कार्यालयले स्पष्ट पारेको छ । कार्यालयले जारी गरेको विज्ञप्तिको बुँदा नं। ६ मा सरकारले विगतमा साझा सहकारीहरूलाइ दिएजस्तै कुनै सहुलियत हाल सञ्चालनमा रहेको सहकारी संस्थाालाइ नदिइएकाले कुनै पनि ऋण मिनाहा नहुने उसले जनाएको छ । 

विज्ञप्तिमा सहकारी संस्थाको ऋण तिर्नु पर्दैन, मिनाहा हुन्छ भन्ने जस्ता हल्लाको पछि नलाग्न, संस्थाका संचालक र कर्मचारीले हिनामिना गरेको पाइए उजुरी गर्न, संस्थाहरूले पनि संचालन खर्चमा मितव्ययी भई सदस्यलाई सहूलियत दिन, तोकिएभन्दा बढि ब्याज र उपहारको लोभ नदिन र सदस्यले त्यस्तो संस्थामा बचत नगर्न, संस्थाको अवस्था जानकारी दिने गरी श्वेतपत्र जारी गर्न भनिएको छ । 

त्यसैगरी सहकारीका सञ्चालक वा कर्मचारीले सदस्यको बचत अपचलन गरेको खण्डमा उनीहरूको घरघरानाबाट असुरउपर गर्नुका साथै कालोसूचीमा राखिने र पासपोर्ट रोक्का राखी ठगी मुद्दा चलाउन सकिने जनाएको छ । 

सबै सहकारी संस्थामा समस्या नरहेको भन्दै आफु आवद्ध सहकारी संस्थामा ढुक्क भई कारोबार गर्न समेत आग्रह गरेको छ । कार्यालयले शहर केन्द्रीत तथा स्वनियमन र आन्तिरिक नियन्त्रण गुमाएका केहि सहकारी संस्थाहरुमा मात्र समस्या रहेको जनाएको छ।

निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले जारी गरेको विज्ञप्तिमा सहकारी ऐन कानुन अनुसार संचालन भएको सहकारीमा सदस्य बनेर मात्र कारोबार गर्न भनिएको छ ।

prades 1 01.jpg

Prades 1 02.jpg

prades 1 03.jpg