आइतबार, कार्तिक ९ गते २०८३

बलम्बु च्याउ सहकारीले मनायो १४औं स्थापना दिवस 

चैत्र १, २०७९ बुधबार
बलम्बु च्याउ सहकारीले मनायो १४औं स्थापना दिवस 


बलम्बु च्याउ सहकारी संस्थाले १४औं स्थापना दिवस तथा चियापान कार्यक्रम आयोजना गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नं १२ मा रहेको संंस्थाले आज बलम्बुको क्वाथ मैदानमा बागमती प्रदेश सहकारी संघका अध्यक्ष राम शरण शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा स्थापना दिवस कार्यक्रम सम्पन गरेका हो ।

कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा काठमाडौं जिल्ला सहकारी संघकी संचालक अमरावती महर्जनको उपस्थिती रहेको  थियो भने कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बलम्बु शाखा प्रमुख  कला थपलिया साथै अन्य संघ संस्थाका  प्रतिनिधिहरु अतिथिहरुको रुपमा  उपस्थिति रहेको थियो । 

335438136_732020978601167_3061160485099072202_n.jpg

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष  अमर दिप सिंहले २०८० बैशाख १० गते देखी संस्थाका सदस्यहरुलाई होल्डबडी चेक जाच कार्यक्रम गर्ने जानकारी दिए ।

त्यस अवसरमा सदस्यहरुको अटुट विश्वास  एवं सहयोगसँगै आधुनिक प्रविधिको आत्मसाथ गर्दै आगमी  बर्षहरुमा पनि सदस्यको माग र सन्तुष्टिलाई ध्यानमा राखेर दिगो, दरिलो र विश्वासिलो संस्थाको रुपमा स्थापित भएर सदस्यलाई प्रभावकारी सेवा प्रदान गर्दै जाने प्रतिबद्धता अध्यक्ष सिंहले जनाए ।  स्थापना दिवसकै अवसर पारेर संस्थाले जेष्ठ सदस्यलाई सम्मान समेत गरेको छ । संस्थाले स्थापना दिवसको अवसरमा मातातिर्थ बृद्धाश्रममा  रहेका आमाहरुलाई भोजनदान समेत गरेका थियाे । 

335911957_893117511955208_5158649437488269091_n.jpg

335927125_177188534639477_2256818037981953534_n.jpg