आइतबार, कार्तिक ९ गते २०८३

बालकुमारी साकोसमा २७ प्रतिशत तरलता, उत्पादनमुलक क्षेत्रमा माग अनुसार ऋण दिने 

चैत्र १, २०७९ बुधबार
बालकुमारी साकोसमा २७ प्रतिशत तरलता, उत्पादनमुलक क्षेत्रमा माग अनुसार ऋण दिने 


बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको तरलतमा वृद्धि भएर  २६.९७ प्रतिशत पुगेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस आर्थिक वर्षको फागुन मसान्तसम्म तरलता वृद्धि भएर २६ प्रतिशत माथि पुगेको हो । संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठका अनुसार संस्थामा ४३ करोड ५ लाख रूपैया तरलता रहेको छ । विगतमा पनि पर्याप्त तरलता कायम राखेर मात्रै संस्था सञ्चालन गर्ने गरेको उनले बताए । संस्थामा लगभग यसकै हाराहारीमा तरलता रहने गरेको उनले जानकारी गराए ।

संस्थाको पौषमा २५.४४ र माघमा २४. ५२ प्रतिशत तरलता रहेको थियो । संस्थाले एकजना सदस्यलाइ अधिकतम १ करोड २० लाखसम्म ऋण लगानी गर्ने गरेको भए पनि व्यापारव्यवसायमा आएको मन्दीका कारण ठुलो ऋणको माग कम रहेको उनले बताए । सदस्यको आय स्रोत र किस्ता तिर्न सक्ने क्षमताको आधारमा ऋण लगानी गर्ने गरेको छ । घरजग्गाको भाउ घटिराखेकाले त्यसतर्फ ऋण लगानीमा कडाई गरिएको उनले जनाए ।

उत्पादनमुलक व्यवसाय र उद्याेगधन्दा गर्न चाहने सदस्यलाई आवश्यकता अनुसार ऋण दिइरहेकाे श्रेष्ठ बताउँछन् । अहिले पनि संस्थाले ४०–५० लाख ऋण लगानी गर्दै आएको छ । त्यसैगरी संस्थाको शेयर पुँजी १३ करोड ५४ लाख २१ हजार, जगेडा कोषमा ४ करोड ८२ लाख ७८ हजार र कुल सम्पत्ति  १ अर्व ९२ करोड ७० लाख ७५ हजार पुगेको छ । फागुुन मसान्तसम्म संस्थाको बचत १ अर्व ५९ करोड ६३ लाख, ऋण लगानी १ अर्व ३४ करोड ८४ लाख ९५ हजार छ भने संस्थामा ५ हजार ४९१ जना शेयर सदस्य रहेका छन् ।

संस्थाले ६५६ जना सदस्यलाई ऋण लगानी गरेको छ । यस अवधिमा संस्थाको कुल संस्थागत पुँजी ४ करोड ८९ लाख ४१ हजार रहेको छ । सहकारी विभागको निर्देशन अनुसार संस्थाले फागुन मसान्तसम्मको वितीय विवरण प्रकाशित गरेको हो ।