आइतबार, कार्तिक ९ गते २०८३

राष्ट्रिय सहकारी महासम्मेलन आयोजनाबारे महासंघको भनाइ यस्तो

चैत्र १, २०७९ बुधबार
राष्ट्रिय सहकारी महासम्मेलन आयोजनाबारे महासंघको भनाइ यस्तो

राष्ट्रिय सहकारी महासंघको आयोजनामा चैत्र २३ देखि २५ तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन हुन गइरहेको छ । सम्मेलनमा सहभागिताका लागि रजिष्ट्रेशन चलिरहेकाे महासंघले जनाएकाे छ । फागुन ३० सम्म छुट सहितकाे रजिष्ट्रेशन रहेकाेमा चैत्र १ गते देखि भने पूरा शुल्क लाग्ने महासंघले जनाएकाे छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणबाट सरकार, सहकारी, सरोकारवाला निकायका प्रतिनिधिहरुको सघन सहभागितामा प्रत्येक पाँच वर्षको अन्तरालमा नेपालमा नेपालको सहकारी अभियानको समकालिन अवस्था विशलेषण गरी समय सान्दर्भिक कार्यदिशा तय गर्ने साझा थलोको रुपमा महासम्मेलनलाई लिइएको महासंघले जनाएको छ । सहकारी अभियानको सुदृढीकरणका लागि वर्तमान मुद्दा तथा चुनौती उपर अर्थपूर्ण छलफलमार्फत समाधानका लागि यसले मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।

आयोजकले महासम्मेलन आयोजना किन गरिएको भन्नेबारे यी बुँदा सार्वजनिक गरिएको छः

  • नेपालको सहकारी अभियानको उपलब्धीहरुलाई संस्थागत गर्दै “कोप भिजन २०३०” तय गरी दिशानिर्देश गर्न

  • सहकारी क्षेत्रका वर्तमान समस्या समाधान गर्न सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधिहरुबीच वृहत छलफल गरी साझा रणनीति तय गर्न 

  • सहकारी पहिचानको व्यवहारिक प्रयोगमार्फत सुन्दर विश्व निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न 

  • सहकारी अभियानको दिगोपनाको आधार स्वनियमन तथा प्रजातान्त्रिक सुशासनको अभ्यास स्थापित गर्न, 

  • सफल अन्तर्राष्ट्रिय अभ्यासमार्फत सहकारी एकिकरण प्रक्रियालाई वस्तुपरक बनाउन

  • अनुकुल बातावरण निर्माणका लागि सरकार, सरोकारवाला निकाय एवं विकास साझेदार संस्थाहरुसँगको सम्बन्ध विस्तार गर्न

  • बदलिँदो परिस्थितिमा उत्कृष्ट कार्यसम्पादन, प्रतिस्पर्धात्मक वस्तु तथा सेवा प्रवाह गर्न गतिशील नेतृत्व तथा व्यवसायिक एवं दक्ष मान संशासधन विकासका लागि प्रविधियुक्त नविनतम उपायहरु पहिल्याउन,

  • उत्पादन, प्रशोधन तथा बजारीकरणमार्फत कृषि सहकारीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्न,

  • दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको अभ्यासलाई मापनयोग्य बनाउन ।