आइतबार, कार्तिक ९ गते २०८३

भक्तपुर बचत संघको आयोजनामा आन्तरिक लेखापरिक्षण तालिम 

फाल्गुण २८, २०७९ आइतबार
भक्तपुर बचत संघको आयोजनामा आन्तरिक लेखापरिक्षण तालिम 


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले दुई दिवसिय आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न गरेको छ । संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा तालिम दिइएको थियो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी ऐनमै लेखा सुपरिवेक्षण समितिको काम, कर्तव्य र अधिकारको व्यवस्थामा लेखा सुपरिवेक्षण समितिले आन्तरिक लेखापरिक्षण गर्ने वा गराउन सक्ने व्यवस्था रहेको बताए । लेखा सुपरिवेक्षण समितिबाट वा लेखापरिक्षकबाट नियमित आन्तरिक लेखापरिक्षण गराएमा आन्तरिक कारणले उत्पन्न हुने समस्याहरु समयमै निराकरण भई संस्था सुशासन, नीति, विधि र प्रविधमा संचालनमा टेवा पुग्ने उल्लेख गरे । सम्पत्ति शुद्धिकरण निवारणको प्रभावकारी कार्यान्वनको नाउँमा सहकारी ऐन संशोधन प्रस्तावमा २५ लाखको व्यक्तिगत सिमा तोक्ने प्रस्ताव गलत रहेको उनले बताए । 
संघका संचालक एंव उपसमितिका संयोजक इन्द्र प्रसाद व्यान्जुले आन्तरिक लेखापरिक्षण कार्यमा संस्थालाई टेवा पुगोस् भने उद्देश्यले तालिमको आयोजना गरेको वताए । संस्थाको लेखा सुपरिवेक्षण समितिले आन्तरिक सुशासन कायम गराउन ध्यान दिनुपर्ने बताए ।

व्यवस्थापक बालकृष्ण धोजुले सहकारीमा देखिएको हालको समस्या समाधान गर्न सहकारी आफ्नै सदस्य माझ गई विश्वासको वातावरण बनाउनुपर्ने बताए । साथै सहकारीका कर्मचारीहरुले सहकारीको विनियम, ऐन कानुनको अक्षरस पालना र सो विपरित कार्य भएमा सचेत र विरोध जनाई सदस्यको बचत सुरक्षामा भुमिका खेल्नुपर्ने विचार उनको थियो ।

सि. ए. विजय सुकुपायोले सहजिकरण गर्दै सम्भावित जोखिमबाट बच्न र बचाउन आन्तरिक लेखापरिक्षण महत्वपूर्ण रहेकोले सिकेका कुराहरुको व्यवहारिक प्रयोगले मात्र तालिमले सार्थकता पाउने बताए ।

तालिमको समापन समारोह उपसमितिका सदस्य तुल्सी हरि प्रजापतिले संचालन गरेका थिए ।  तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएँकोमा खुशि व्यक्त गर्दै तालिमबाट लेखा परिक्षणका क्षेत्र, उपाय र जोखिम न्यूनीकरण लगायतका विषयहरु सिकेको  जनाए । तालिममा संघ आबद्ध सदस्य संस्थाहरुका ३२ जना लेखा सुपरिवेक्षण समिति सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।