शनिबार, आश्विन १७ गते २०८३

चैत्रबाट बचतको ब्याज घटाउने बैंकर्स संघकाे निर्णय, मुद्दतीमा भने यथावत रहने

फाल्गुण २५, २०७९ बिहीबार
चैत्रबाट बचतको ब्याज घटाउने बैंकर्स संघकाे निर्णय, मुद्दतीमा भने यथावत रहने

 

नेपाल बैंकर्स संघले बचतको ब्याज दर घटाउने निर्णय गरेको छ। आज बसेको संघको बैठकले मुद्दती निक्षेपमा दिइने ब्याजदर यथावत राख्दै बचतमा भने घटाउने निर्णय भएको हो । परिमार्जित ब्याजदर चैत १ गतेबाट लागू हुनेछ । 

अहिले बचतको ब्याज दर ६।४२ देखि ८।४ प्रतिशतसम्म छ। यसलाई ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय भएको हो। अहिले कुल निक्षेपमा बचतको हिस्सा २८ प्रतिशत छ। बचतको ब्याज घट्ने बित्तिकै आधार दर कम हुने जनाइएको छ । 

ऋणको प्रिमियम दर पनि बैंकले घटाउने भएका छन्। अब आधार दरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ। यसअघि ६ प्रतिशतसम्म कायम गर्ने निर्णय भएको थियो। यसपछि कर्जाको ब्याजदर औसत १ प्रतिशतले कमी आउने अपेक्षा गरिएको छ ।