अर्थ मन्त्रालयका पूर्व सचिव शिशिर ढुंगानाले सहकारीमा कर्जा सुरक्षण अत्यावश्यक रहेको बताएका छन्। यदि सहकारीमा कर्जा सुरक्षण प्रणाली विकास नगर्ने हो भने आगामी दिनमा सहकारीको अवस्था भयाबह हुने उनको भनाई छ। नेफ्स्कूनद्वारा आयोजित सिईओ वर्कशपमा बोल्दै ढुंगानाले कर्जा सुरक्षण प्रणाली नेफ्स्कुन वा अन्य कुनै निकायले अग्रसरता लिएर निर्माण गर्न आग्रह गरे ।
ढुंगानाले अहिले आफ्नो उत्पादन भएका मुलुकलाई डर नभएको र उत्पादन नभएको देशलाई सकस रहेको भन्दै यसमा सहकारीले ध्यान दिनुपर्ने बताए। उनले आगामी दिनमा साना तथा घरेलु उद्योगलाई झन समस्या हुने बताउदै सहकारीलाई नयाँ क्षेत्र र स्टार्टअपमा लगानी बढाउन समेत सुझाव दिए । सहकारीले बचतका लागि गैर व्यावसायिक प्रतिस्पर्धा नत्याग्ने हो भने भोलिका दिनमा अवस्था जटिल बन्दै जाने उनको भनाई छ ।