शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंक र एससीटीबीच स्मार्ट क्यूआर सम्झौता

फाल्गुण २४, २०७९ बुधबार
हिमालयन बैंक र एससीटीबीच स्मार्ट क्यूआर सम्झौता

 

स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्तानीमा सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ ।

थपिएको यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई–एमबि प्रयोगकर्ताहरूले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरु मार्फत वस्तु तथा सेवाको भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सक्नेछन् । यसैगरी हिमालयन बैंकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आवद्ध भएका बैंक तथा वित्तिय संस्थाका ग्राहकहरु मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

यस्तै, बैंकका ग्राहकले एससीटी युपीआइ डेबिट कार्डको सेवा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआइ सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन् । स्मार्टच्वाईस टेक्नोलोजिज र बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको बैंकले जनाएको छ।