आइतबार, कार्तिक ९ गते २०८३

सीइओ वर्कशपमा ७ वटा कार्यपत्र प्रस्तुत हुँदै, के के छन् विषयवस्तु ?

फाल्गुण २३, २०७९ मंगलबार
सीइओ वर्कशपमा ७ वटा कार्यपत्र प्रस्तुत हुँदै, के के छन् विषयवस्तु ?

नेपालभरका साकोसका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी भोलिबाट काठमाण्डौमा शुरू हुँदैछ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा हुन लागेको सिईओ वर्कशप दुई दिनसम्म चल्नेछ । वर्कशपमा विभिन्न विषयका ७ वटा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।

गोष्ठीको पहिलो दिनको पहिलो सत्रमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरलेको ‘वर्तमान परिदृश्यमा दिगो साकोस अभियानको लागि जिम्मेवार व्यवस्थापन र संघको भूमिका विषयक’ प्रस्तुतीकरण रहेको छ। उक्त प्रस्तुति माथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव निराजन घिमिरे र विभागका रजिष्ट्रार नमराज घिमिरे टिप्पणीकर्ताको रुपमा रहेका छन्।

त्यस्तै दोस्रो सत्रमा एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्केको ‘वित्तीय सहकारीको छवी निर्माणः समावेशी संरचना र प्रविधि हस्तान्तरण’ विषयक प्रस्तुती रहेको छ। उनको प्रस्तुतिमाथि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले टिप्पणी गर्नेछन् । तेस्रो सत्र नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा। प्रकाश कुमार श्रेष्ठको ‘विश्व अर्थतन्त्रः वित्तीय सहकारीमा प्रभाव, सम्भावना र चुनौती विषयक’ प्रस्तुतिकरण रहेको छ। उनको प्रस्तुतीकरण माथि नेपाल सरकारका पूर्व सचिव शिशिर कुमार ढुंगानाले टिप्पणी गर्नेछन् ।

त्यसैगरी दोस्रो दिनको पहिलो सत्रमा नेफ्स्कून साकोस म्यानेजर्स क्लबका अध्यक्ष एवम् बिन्धवासिनी साकोसका प्रमुख कार्यकारी अधिकृत केबी लामाको ‘मानव संशाधन व्यवस्थापनका सामयिक समवर्ती सवालहरु र नेपालमा सफल साकोसका अनुभवहरु’ विषय प्रस्तुतिकरण रहेको छ। उनको कार्यपत्र माथी नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले टिप्पणी गर्नेछन् । त्यस्तै प्यानलिष्टमा विकू साकोस, नवलपरासीका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल, चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ, हाम्रो जनकल्याण साकोस, दोलखाका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेत र सिद्धि गणेश साकोस, भक्तपुरकी व्यवस्थापक शिला गोसाई रहेकी छिन् ।

दोस्रो सत्र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले ‘वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौतीहरु’ विषयक प्रस्तुतीकरण गर्नेछन्। उक्त विषय वस्तुमाथि टिप्पणी आइटी विज्ञ अनुप बाँस्कोटाले गर्नेछन्।

तेस्रो सत्र एशियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीको ‘वित्तीय सहकारी ऐनको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकता’ विषयमा प्रस्तुतीकरण रहेको छ । उक्त विषय वस्तु माथिको टिप्पणीकर्ता नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सल्लाहकार ऋषिराज घिमिरेले गर्नेछन् । त्यस्तै चौथो अर्थात गोष्ठीको अन्तिम सत्र प्रेरक वक्ता ९मोटिभेसनल स्पिकर० दिपाङ्कर शेर्पाको ईमोशनल एण्ड स्पिरिचुअल ईन्टेलिजेन्स ईन म्यानेजर्स विषयक प्रस्तुतीकरण रहेको नेफ्स्कूनले जनाएको छ।