लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कृषि सम्बन्धि १ दिवसिय सदस्य अन्तर्कृया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । महिला उद्यमी उपभोक्ता सहकारी संस्थाको समन्वय र हरियाली अभियान प्रा।लि। को प्राविधिक सहयोगमा संस्थाको सभाहलमा संस्थाको सभाहलमा कार्यक्रम गरिएको हो ।
प्राकृतिक कृषि परियोजना विषयक एक दिवसीय गोष्ठीमा प्रशिक्षकद्वारा कृषि मलको परिचय, मल बनाउने तरिका र यस्को प्रयोग बारेमा सदस्यहरुलाइ सहजीकरण गरिएको थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सल्लाहकार तिर्थ माया प्रधानले विषय बस्तु प्रष्ट पार्दै स्वागत गरेकी थिइन् । त्यसैगरी महिला उद्यमी उपभोक्त सहकारी संस्था सचिव निर्मला श्रेष्ठले परिचय सहित महिला उद्यमीको कार्य, तालिम, उत्पादन र बजार ब्यवस्थापनको बारेमा प्रष्ट पारेकी थिइन् ।
कार्यक्रममा संस्थाको शिक्षा उपसमिति संयोजक सर्मिला अधिकारी, सदस्य मेनुका दाहाल, सहजकर्ता गोपाल भन्डारी, संस्था प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीको उपस्थिति रहेको थियो भने कार्यक्रम ब्यवस्थापन संस्थाका कर्मचारीहरु प्रतिमा तिमल्सिना र रुपा केसीले गरेका थिए।
कार्यक्रमकै अवसरमा संस्थाको प्रारम्भदेखि हालसम्मको वित्तीय अवस्थाको विश्लेषण गरिनुका साथै सदस्यलाइ प्रदान गरिएका थप सुविधा एवं सामुदायिक उत्तरदायित्वका बारेमा चर्चा गरिएको थियो ।
बजारमा देखिएका ब्याजदरको अस्वस्थ प्रतिस्पर्धा र जोखिम निम्त्याइरहेका अप्त्यारिलो र भड्किलो खालको ब्याजदरमा मात्र आकर्षित नभइ समुदायमा आधारित भएर चल्न सक्ने संस्थामा आबद्ध हुन संस्थाको ब्यवस्थापनबारे बुझेर सदस्य बन्न सदस्यहरुलाइ प्रेरित गरिएको थियो ।

संस्थाले यसअघि पनौति बाँसघारी समुहमा सदस्य विस्तार एवं सहकारी शिक्षा कार्यक्रम समेत सम्पन्न गरेको छ। कार्यक्रममा ५० जना सदस्यहरुको उपस्थिति रहेकाे थियो ।